पोखरामा वर्कशप र फर्निचरमा आगलागी, २ मजदुर घाइते
काठमाडाैं | फागुन ४, २०७९
पोखरा: पोखरामा गएराति एक वर्कशप र फर्निचरमा आगलागी भएको छ ।
पोखरा महानगरपालिका वडा नं १० स्थित भारत घर भएका अली हुसेनले सञ्चालन गरेको वर्कशपमा राति एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी ज्ञानबहादुर खड्काले जानकारी दिए ।
वर्कशपमा आगलागी हुँदा वर्कशपमा भएका मोटरसाइकलमा क्षति पुगेको कास्की प्रहरीले जनाएको छ ।
कास्की प्रहरीका अनुसार गएराति नै पोखरा महानगरपालिका १४ चाउथे स्थित पाल्पा भैरव फर्निचर उद्योगमा आगालागी हुँदा दुईजना घाइते भएका छन् ।
आगलागीबाट फर्निचरमा भएका सामान तथा काठसँगै बुलेट बाइक र बोलेरो जिपमा समेत क्षति भएको कास्की प्रहरीले जनाएको छ ।
फर्निचर उद्योगमा भएको आगलागीबाट घाइते भएका राहुल गुरुङ र आशिष खड्काको गण्डकी अस्पताल र ग्यालेक्सि अस्पतालमा उपचार भईरहेको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

